You are viewing the translated version of निर्माण व्यवसाय गर्ने व्यक्तिलाई बक्यौता मूल्य अभिवृद्धि कर छुट सम्बन्धी विशेष व्यवस्था.
Section 37
निर्माण व्यवसाय गर्ने व्यक्तिलाई बक्यौता मूल्य अभिवृद्धि कर छुट सम्बन्धी विशेष व्यवस्था
मूल्य अभिवृद्धि करमा दर्ता भई कारोबार गर्नुपर्ने ढुवानी सेवाको कारोबार गर्ने व्यक्तिले मूल्य अभिवृद्धि करमा दर्ता नभएको कारण दाखिला गर्नुपर्ने मूल्य अभिवृद्धि कर दाखिला नगरेको भए मूल्य अभिवृद्धि कर लाग्ने अवधिको कारोबार रकमको पाँच: प्रतिशतले हुने रकम संवत् २०८० साल पुस मसान्तसम्म दाखिला गरेमा सोमा लाग्ने बाँकी कर, थप दस्तुर, ब्याज र जरिबाना मिनाहा हुनेछ। त्यस्तो कारोबारमा कर निर्धारण भई बक्यौता रहेको वा सो उपर प्रशासकीय पुनरावलोकन वा अन्य न्यायिक निकायमा विचाराधीन मुद्दा फिर्ता लिई कारोबार रकमको पाँच प्रतिशतले हुने रकम संवत् २०८० साल पुस मसान्तसम्म दाखिल गरेमा बाँकी कर र सोमा लागेको थप दस्तुर, ब्याज र जरिबाना मिनाहा हुनेछ।